
पर्सा, ९ भद्रौ
कलभर्टमुनि मृत भेटिए
वडाध्यक्ष मुकेश यादव ।
महोत्तरी रामगोपालपुर नगरपालिका वडा नम्बर २ का अध्यक्ष मुकेश यादव
मृत अवस्थामा भेटिएका
छन् ।
यादव जलेश्वर बर्दिबास सडकखण्डअन्तर्गत बर्दिबास नगरपालिका वड नम्बर ८ स्थित औरही कल्भर्ट नजिक मृत अवस्थामा भेटिएका हुन् ।
उनी सवार मोटरसाइकल सडकछेउमा रहेका छन्
र यादव सडकभन्दा तल मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
उनी नेकपा माओवादीबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।
घटनाको सम्बन्धमा खवर पाएलगतै नेपाल प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान गर्न
थालेका छन् ।