Sunday, June 29, 2025

३० वर्षे सेवाहद सशस्त्र प्रहरीमाके हुन्छ :-

ताजा / भरखरै प्राप्त

पर्सा, १० भद्रौ

नेपाल प्रहरीमा तत्कालका लागि ३० वर्षे सेवाहद कार्यान्वयन रोकिएको छ ।

सेवाहदको प्रावधान रहेको सशस्त्र प्रहरी बलमा पनि यसको तरंग पुगेको छ ।

सशस्त्र प्रहरीमा पनि आगामी १६
भदौदेखि दुई डिआइजीसहित १७ सिनियर अधिकृतहरूले अवकाश पाउँदैछन् ।

डिआइजीहरु अभिकुमार खत्री, दुर्गा भट्टराई, एसएसपी विश्व भट्टराई, एसपी हर्क साउद लगायतले अवकाश पाउदैछन् ।

सशस्त्र प्रहरीका केही अधिकृतहरू पनि कानून परामर्शमा
लागिपरेका छन् ।

यद्यपी ३० वर्षे सेवाहद हट्दा घाटा हुने प्रहरी टोलीहरु त्यसविरुद्ध दौडधुपमा पनि लागि
परेका छन् ।
३० वर्षे सेवाहदविरुद्ध सर्वोच्च अदालत गएका नेपाल प्रहरीका अधिकारीलाई सरकारले सरुवा समेत गर्न नपाउने भएको छ ।

सर्वोच्चले उनीहरूलाई सेवाहदका कारण अवकाश नदिन आदेश दिनुका साथै मुद्दाको टुंगो नलागेसम्म सरुवा समेत नगर्न भनेको छ ।

बुधबार पाँच एसएसपीसहित २१ प्रहरी अधिकृतले सेवाहदबाट अवकाशमा जान लागिएको भन्दै रिट दायर गरेका थिए ।

रिट दायर गर्ने एसएसपीहरूमा जीवनकुमार श्रेष्ठ, रेवती ढकाल, दिनेशराज मैनाली, बेलबहादुर पाण्डे र रवीन्द्र रेग्मी तथा एसपीहरू कृष्ण प्रसाईं, अवदेश विष्ट, लक्ष्मीराज अधिकारी, प्रेम बस्नेत, राजेन्द्रबाबु रेग्मी र
नरेन्द्र कार्की छन् ।

डिएसपीहरूमा
श्रीराम भण्डारी,
भोजराज पाण्डे,
गोविन्द पन्थी,
दलराम टमटा,
अनिलकुमार उप्रेती,
सुजितकुमार ओझा, र
जयराम वन्त रहेका छन् ।

र इन्स्पेक्टरहरूमा
जगत दमाईं,
नरपति भट्ट र
मेघनाथ चापागाईँ पनि सर्वोच्च पुगेका थिए ।
उनीहरूसहितको टोलीका
सबैजनको जागिर लम्बिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles