Monday, April 21, 2025

अवकाश जान लागेका एआईजी ज्ञवालीसहित ५ जना सर्वोच्चमा रिट दायर :

ताजा / भरखरै प्राप्त

पर्सा, १३ भद्रौ

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक एआईजी श्याम ज्ञवालीसहित ५ जनाले उमेर हदका कारण जागिर अवकाशको रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

भदौ २६ गतेबाट अनिवार्य अवकाश हुन लागेका एआईजी ज्ञवाली,

डीआईजीहरु यज्ञविनोद पोखरेल,
राजेशनाथ बास्तोला,
केदार ढकाल र
प्रहरी निरीक्षक नागेन्द्र ठाकुरले रिट दायर गरेका छन् ।

उनीहरूले उमेर हदका कारण अनिवार्य अवकाश हुन लागेको भन्दै त्यसलाई रोक्न अन्तरिम आदेशको माग गरेका छन्।

यसअघि नेपाल प्रहरीका डीआईजी विष्णुकुमार केसीसहित २१ जनाले सर्वोच्च अदालतमै ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै रिट दायर गरेका थिए ।

उनीहरूको पक्षमा सर्वोच्चले अन्तरिम आदेश दिएपछि,

एआईजी ज्ञवालीसहितका अधिकारीहरू पनि अवकास रोक्न माग गर्दै सर्वोच्च पुगेका हुन् ।

यसअघिको अन्तरिम आदेश बदर भए ८९ जना अधिकारीहरू पनि भदौ १६ गतेबाट अवकाशमा जानेछन् ।

एआईजीको ५६ वर्षे उमेर हदका कारण एआईजी श्यामलाल ज्ञवाली भदौ १६ गते अवकाश हुँदैछन् । उनले ३० वर्ष पनि नेपाल प्रहरीमा जागिर खान नपाउने भएका छन् ।

मधेश प्रदेशका प्रहरी प्रमुख डीआईजी यज्ञविनोद पोखरले पनि असोज १४ गते अवकाश हुदैछन् ।

डीआईजी राजेशनाथ वास्तोला कात्तिक ११ गते र केदार ढकाल मंसिर २२ गते अवकाश हुदै छन् ।

उनीहरूलाई प्रहरी किताबखानाले अवकाशको पत्र पनि थमाइसकेको छ । अवकाशको पत्र पाइसकेका उनीहरूलाई त्यसलाई कार्यन्वयनमा रोक लगाउन सर्वोच्चको आदेश माग गरेका हुन्।

उनीहरूले यो रिटको अन्तिम टुंगो नलागेसम्म, आफूहरूलाई काममा निरन्तरता दिन अन्तरिम आदेशको माग
गरेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles