पर्सा, १३ भद्रौ

सरकारले गर्यो राष्ट्रपतिसमक्ष सिफारिस
नेपाली सेनाको कायम मुकायम प्रधानसेनापति अशोकराज सिग्देललाई प्रधानसेनापति बनाउन राष्ट्रपतिसमक्ष सिफारिस भएको छ ।
बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले कामु प्रधानसेनापति सिग्देललाई प्रधानसेनापति बनाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेका छन् ।
सरकारले गत साउन १४ गते सिग्देललाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिएको थियो।