Monday, April 21, 2025

पर्सामा रक्सीको तस्करी ,पर्सा प्रहरीद्वारापक्राउ :

ताजा / भरखरै प्राप्त

पर्सा, १३ भद्रौ

वीरगन्ज ।
पर्साका सिमानाको विभिन्न सिमानाकामा रक्सीको व्यापक तस्करी भैइरहेको छ ।

भारतको बिहार सरकारले रक्सीको बिक्रीवितरण तथा उत्पादनमा प्रतिबन्ध लगाएका छन् ।
तर नेपालको सिमावर्ती ईलाकामा तस्करहरु व्यापकरुपमा रक्सीको तस्करी गरेका छन् ।

पर्साको बिरगंज वडा नम्बर १६ शन्कराचार्य गेटको पुर्व पट्टी रहेको पशुपतिनगरको
दशगाजा नजिकबाट पर्सा प्रहरीले तस्करीको रक्सी सहित २ जनालाई पक्राउ गरेका छन् ।

पक्राउ पर्नेहरूमा बिरगंज वडा नम्बर १६ का बिरगंज भन्सार एरिया बस्ने उपेन्द्र कुमार राम र सोही ठाउ बस्ने दिपेश कुमार चौरसियालाई पक्राउ गरेको प्रहरीले जनाएका छन् ।

उनीहरुको साथबाट कस्तुरी रक्सी ९ कार्टुन तथा एम्बिशन रक्सी ३ कार्टुन गरि जम्मा १२ कार्टुन तस्करीको रक्सी बरामद भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका धुमवा सूचना संकलनका नाममा रहेको विशेष टोलि तथा प्रहरी चौकी भन्सार ईनर्वाको सन्युक्त टोलीले सो रक्सी बरामद
गरेको हो ।

पर्सामा रक्सीको पसल र मदिरा भट्टिको नाउँमा पर्सा जिल्लाको कतिपय दसगजामा बिना लाइसेन्स मदिराको पसल खोलेको पाइएको छ ।

फर्साको विभिन्न योजना स्तर प्रयोग गरि विभिन्न स्थानबाट बिलबिजक सहितको रक्सी खरिद गरि बिरगंज महानगरपालिका वडा नम्बर १६ का पशुपतिनगरको दशगाजा नजिक पसल राखेर
तस्करहरुले व्यापक रूपमा दसगजाबाट
भारत बिहारतर्फ रहेको रक्सौलको अहिर्वा टोलाको नाकाबाट मोटरसाइकल प्रयोग गरि तस्करी गरिरहेको प्रत्यक्षदर्शीहरु जोकोहीले पनि
देखन सक छन् ।

नेपाल सरकारको प्रावधानमा उल्लेख छ दसगाजा नजिक कुनै पनि पसल संचालक नगर्न अनुमति दिए पनि ।

दसगाजा नजिक रक्सी पसल संचालन गरि खुलेआम नेपालबाट भारत तिर सिल बन्दी रक्सी बियर, कस्तुरी,एम्बिशनलगायतका विभिन्न रक्सीहरूको तस्करी तस्करहरूले तस्करी गरेका छन् ।

पर्सा प्रहरीलाई चुनौती दिदै तस्करहरुले रक्सीको तस्करी
गरिरहेको पाईएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles