पर्सा, १३ भद्रौ

सर्लाहीका सशस्त्र प्रहरी बलले २७ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको पटाका बरामद
गरेका छन् ।
मलंगवा नगरपालिका वडा नम्बर ४ गणेशिया चिम्नीको टहरामा लुकाइराखिएको पटाका सशस्त्र प्रहरीले बरामद गरेका छन् ।
सशस्त्र प्रहरी बल १० नम्बर गणका प्रहरी उपरीक्षक विनोदराज खनालले बिशेष सुचनाबाट थाह पाएका थिए एसपीले गणबाट खटाएको टोलीले गणेशिया चौरमा जस्ताको टहरामा चेक गर्दा ठूलो मात्रामा पटाका बरामद गरिएको जानकारी दिएका छन् ।
तिहारलाई लक्षित गरी तस्करहरूले पटाका भित्र्याएको हुन सक्ने एसपील बताएका छन् ।
बरामद भएको पटाका नागिन,
भुईंचम्पा,
सुतली बम, रकेटहरूलगायतका विभिन्न पटाका छन् ।
जसको बजार करिब मूल्य २७ लाख ८० हजार
रहेको
प्रहरी उपरीक्षक खनालको भनाइरहेको छ ।’