Monday, June 30, 2025

डिआइजी पोखरेलको खातामा तस्करीको रकम जम्मा भएको शंका :

ताजा / भरखरै प्राप्त

पर्सा, १६ भद्रौ

एक बिचाैलीले पोल खोलेको खुलाशा
भएको छ ।

एक बिचाैलिया जितेन्द्र कर्ण पक्राउ परेका छन् , धनुषा जिल्लाको दुहबी, यदुकाहा, खजुरी, जटहि, प्रवाहा,लगायतका नाकाबाट तस्करीको रकम तस्कर संग लिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको आफन्त को खातामा जम्मा गरेको खुलाशा भएको छ ।

महानिरीक्षक बसन्तबहादुर कुँवरले बुधबार रुपन्देहीमा पुगेका बेला सबै प्रहरी अधिकारीको बैंक खाता जाँच भइरहेको र एकजना डीआईजी फस्न लागेको खुलासा गर्नु भएको थिए ।

आइजीपी कुँवरको संकेत मधेस प्रदेशका डीआईजीतिर लक्षित रहेको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीको भवन उदघाटनको कार्यक्रममा वहाँले बोल्दै प्रहरी आइजीपी बसन्त बहादुर कुँवरले नेपाल प्रहरीमा आन्तरिक शुद्धीकरणको अभियान चलिरहेको बताउनु भएका थिए ।

उनले कुनै गलत काममा नलाग्न मातहतका प्रहरीलाई चेतावनी दिएका थिए ।

उनले एकजना डीआईजी फस्न लागेको बताएपछि यो विषयलाई लिएर प्रहरी संगठनभित्र हल्लीखल्ली नै मच्चिएका छन ।

स्रोतका अनुसार आइजीपीले संकेत गरेका डीआईजी रहेका छन् ।

मधेस प्रदेशका डीआईजी यज्ञविनोद पोखरेल । उनको बैंक खातामा अस्वभाविक कारोबार भेटिएको भन्दै छानविन सुरु भएको प्रहरीको उच्च अधिकारिहरूले बताएको छन् ।

डीआईजी पोखरेलको विषयमा छानविनका क्रममा जाँदा ‘लहरो तान्दा पहरो गर्जिने’ उखानजस्तै भएको छ ।

फलस्परुप भ्रष्टाचार र अनैतिक धन्दामा डीआइजीको नेटवर्कलाई साथ दिएको आशंकामा मधेस का ९ जना र कोशी प्रदेशका एक जनागरि १० जना प्रहरीलाई वयानका लागि छानविन समितिले हेडक्वार्टरमा झिकाएको
छ ,।
छानबिनले झिकाएको नामावलीहरू यस् प्रकारको रहेको छ, ।
सई. चन्द्र प्रसाद यादब, बरिस्ठ हवल्दार निरज कुमार साह,
हवल्दार बृजेश मुखिया, जवान सतिसलाल कर्ण, र सई.उपेन्द्र साह,
जयलाल यादव,
औघेश यादब,
हवल्दार रामबिस्वाश यादवलाई सहितको टोलीलाई उजुरी छानबिन काठमाडौंले
झिकाएको छ ।

र केहीलाई राजनिको दबाबमा जोगाईएको पनि छ ।
जोगिने गएकोमा सिरहा, सप्तरी, महोत्तरी, बारा, र सर्लाहीको जिल्लाहरूमा
बसेका छन् ।

लेनदेन गर्ने एक बिचौलिया पक्राउ परेको छन् ।

डीआईजी पोखरेलमाथि भइरहेको छानविनका क्रममा उनले बिचौलियामार्फत लेनदेन गरेको भेटिएको प्रहरी हेडक्वार्टरको दाबी रहेका छन् ।

पोखरेलले जितेन्द्र कर्ण नामक बिचौलियामार्फत तस्करीको लाइन खुलाएर पैसा असुलेको प्रमाण भेटिएको स्रोत बताउँछन् ।

लेनदेन गरेको प्रमाण भेटिएपछि, उजुरीका छानबिनको टोलिले काठमाडौबाट मधेस झरेको प्रहरी टोलीले जनकपुरबाट बिचौलियासहितको जितेन्द्र कर्णलाई अनुसन्धानका लागि पक्राउ गरेर काठमाडौ लगेको स्रोतले बताएका छन् ।

यस सम्बन्धमा प्रतिक्रिया लिन खोज्दा डीआइजी पोखरेलसँग सम्पर्क हुन सकेन ।

१० प्रहरी हेडक्वार्टर तानिएका छन् ।

डीआईजी पोखरेलमाथि भइरहेको छानविनकै क्रममा नेपाल प्रहरी प्रधान कार्यालय उजुरी छानविन शाखाले मधेस प्रदेशका र कोशी (भोजपुर)बाट एकजना समेत गरी १० जना लाई उजुरी छानबिन काठमाडौंले
तानेको जनाए का छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles