Monday, June 30, 2025

धनगढीबाट साढे ४ किलो चरेससहित धामी पक्राउ :

ताजा / भरखरै प्राप्त


पर्सा, १६ भद्रौ
कैलालीमा साढे चार किलो चरेससहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय, धनगढीका प्रहरी निरीक्षक जनकराज ढुङ्गानाको कमाण्डमा खटिएको प्रहरी टोलीले बझाङको केदारस्युँ गाउँपालिका वडा नम्बर ७ का ४२ वर्षीय जनक धामीलाई प्रहरीले पक्राउ गरेको हो ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ८, क्याम्पस चोकनजिकबाट साढे चार किलो चरेससहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ ।

धामी माथि थप अनुसन्धानको भइरहेको कैलाली प्रहरीले जनाएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles