पर्सा, १६ भद्रौ

मकवानपुर र चितवनमा भारी वर्षा भएको छ ।
जल तथा मौसम विज्ञानले जनाएका छन् ।
माैसम विभागका अनुसार मकवानपुरको हात्तीसुँडेमा भारी वर्षा मापन
भएको हो ।
त्यहाँ पछिल्लो एक घन्टामा ५६ मिलिमिटर वर्षा भएको छ ।
यस्तै चितवनको कल्याणपुरमा ४५.६ मिलिमिटर वर्षा भएको छ ।
ओखलढुंगामा ३६.२ मिलिमिटर वर्षा भएको छ।
चितवनकै देवघाटमा पछिल्लो एक घन्टामा ३३.४ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ ।
काठमाडौं उपत्यकासहित बागमती, गण्डकी, लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भएको छ ।