पर्सा, १७ भद्रौ
कलैया । बारा जिल्लाकाे तस्करीकाे प्रमुख नाका हो मटिअर्वा नाका ।
यहाँबाट ठूलो मात्रामा तस्करी धन्दा चल्दै आएको छ ।
नेपाली मात्रै नभएर भारतीय तस्करहरूले यो नाका प्रयोग गरेर ठूलो तस्करी धन्दा चलाई रहेका छन् ।
यो नाकाबाट नेपाल प्रहरीकाे मटिअर्वा स्थित सशस्त्र प्रहरीका गुल्मा छ गुल्ममा बस्ने डिएसपी छन् डिएसपी र प्रहरी चाैकीकाे सेटिङ र संरक्षणमा ठूलो मात्रामा कवाडी र जुत्ता तथा कपडाको तस्करी धन्दा चलेका छन् ।
प्रहरीले भारतीय नागरिक माेजामिललाई तस्करीकाे लाइन दिएका छन् ।
नेपाल प्रहरीकाे मटिअर्वा चाैकी र सशस्त्र प्रहरी बलको स्थानीय बिओपीकाे साथ र सहयोगमा भारतीय नागरिक माेजामिलले नेपालबाट ठूलो मात्रामा कवाडी र भारतबाट जुत्ता तथा कपडाको तस्करी धन्दा गर्दै आइरहेका छन् ।
पछिल्लो दुई सातादेखि पहिले भन्दा ठूलो मात्रामा तस्करी धन्दा शुरू भएको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई लाखौंको नजराना दिने गरि मोजामिलले तस्करीकाे सेटिङ मिलाएको समेत
खुलेको छ ।