Monday, April 21, 2025

एसएसबीद्वारा अवैध हतियारसहित नेपाली यादव पक्राउ :

ताजा / भरखरै प्राप्त

पर्सा, १७ भद्रौ

भारतको बिहार घोडासहन थाना क्षेत्र अन्तर्गत जमुनियामा भारतीय सीमा सुरक्षा बल एसएसबीको गस्ती टोलीले एक जना राैतहट जिल्लाका नेपालीलाई अवैध हतियार सहित पक्राउ गरेका छन् ।

तस्करहरूको समूहले रौतहटबाट ठुलो परिमाणमा लागु औषध गाँजा ल्याइरहेको विशेष सूचनाको आधारमा एसएसबीको ७१ औं बटालियन जमुनिया क्याम्पबाट गएको टोलीले गएराति चेकजाँच गर्दा अवैध हतियार सहित नेपाली नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रौतहट जिल्लाका यादब,
राैतहट बौधिमाई नगरपालिका बंकुल गाउँका ३० वर्षीय सिकिन्दर यादव रहेको एसएसबी क्याम्प पिपराकोठीका प्रमुख कमान्डेन्ट प्रफुल कुमारले बताएका छन् ।
यादवले कम्मरमा लुकाई राखेको १ थान नलकटुवा पेस्तोल र त्यसमा लाग्ने ३ थान गोली बरामद भएको कमान्डेन्ट कुमारले जानकारी दिएका छन् ।

पक्राउ परेका यादव नलकटुवा पेस्तोलसहित गोलीहथियार,समेतलाई घोडासहन थानामा बुझाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles