Monday, April 21, 2025

राजस्व चुहावट नियन्त्रण गर्न गस्ती निरीक्षण टोली गठन :

ताजा / भरखरै प्राप्त

पर्सा, १८ भद्रौ

अर्थ मन्त्रालयले राजस्व चुहावट नियन्त्रण सम्बन्धी दुई द्रुत गस्ती निरीक्षण टोली गठन गरेको छ ।

पहिलो टोली चितवनबाट पूर्व मेचीसम्म र दोस्रो टोली चितवनबाट पश्चिम महाकालीसम्म क्षेत्रमा परिचालन हुने भएको
मन्त्रालयले जनाएको छ ।

एउटा टोलीको नेतृत्व आन्तरिक राजस्व विभागका उपमहानिर्देशकले गर्नेछन् ,
र अर्को टोलीको नेतृत्व भन्सार विभागका उपमहानिर्देशकले गर्ने भएका छन् ।

अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईका अनुसार टोलीले कानुन अनुसार कर अधिकृत र भन्सार अधिकृतलाई प्राप्त अधिकार प्रयोग गर्ने छ ।

आवश्यकता अनुसार चुहावट नियन्त्रण गर्ने निकायसँग समन्वय गर्ने, सहयोग लिने, र
आन्तरिक राजस्व कार्यालय र भन्सार कार्यालयको सहयोग लिने छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles