Sunday, August 17, 2025

छपकैया नाकाबाट तस्करी जारी, मुलुकलाइ करोडौं घाटा :

ताजा / भरखरै प्राप्त

पर्सा, १९ भद्रौ

पर्सा । बीरगन्जको छपकैया नाकाबाट प्रहरीकै सन्लग्नतामा फेरि तस्करी सुरु भएको छ ।

सीमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बल पर्साको मुख्य तस्करीमा हात रहेको तथा सीमानाका कटेपछी तस्करी कार्यलाइ संरक्षण गर्दै नेपाल प्रहरी मातहतको प्रहरी चौकी इन्चार्जहरुले नजराना लिइ भित्री रुपमा सहयोग गर्दै आएको रहस्य खुलेको छ ।

बिरगंज भन्सारले तोकेको राजस्व गतबर्षको तुलनामा ४० प्रतिशतले कमी भएको छ, यसको सम्पुर्ण जिम्मेवारी सशस्त्र प्रहरीले लिनुपर्ने छ, राजस्व कमीको कारण पनि सीमामा खटेका सशस्त्र प्रहरी नै हो ?

मुलुकमा आर्थिक संकट चली रहेको अवस्थामा प्रहरीको कारण राजस्व घटनु मुलुकले ठुलो नोक्सानी व्योहोर्दै आइ रहेको देखिन्छ ।

यता रक्सौल र बिरगंजका तस्कर समुहले राजस्व चोरी गर्ने व्यापारीबाट हार्डबेयर, कस्मेटिक, रजनीगन्धा, इलेक्ट्रोनिक पार्टस, मोटर पार्टस, खाद्यान्न, किराना सामान, कपडा, रेडिमेड र सूर्तीजन्य पदार्थ लगायतका अबैध वीरगञ्जको विभिन्न गोदाममा राखेर नक्कली बिल, बिजक तयार गरि नेपालका सहरहरुमा पुर्याउने गरेका छन् ।

तस्करहरुले छपकैया नाकाबाट प्रायः रातिराती लाईन नै लगाएर तस्करी गराउने गरेका छन ।

प्रहरी चौकी छपकैयाबाट करिब ३ सय मिटर दक्षिण तर्फ रहेको लचका चोकबाट महिला तथा पुरुष र बच्चाहरुको माध्यमले व्यापारीहरुको माग अनुसार माल समानहरु बिरगंज ल्याउने गरेका छन् ।

यसरी सीमा सुरक्षामा खटेका सशस्त्र प्रहरी तस्करी र अवैध क्रियाकलापमा लागेको कारण पनि मुलुक करोडौं रुपैयाँको नोक्सानी व्योहोर्दै आइ रहेकोे तथ्यांकले देखाउछन्।

यसैगरी तस्करका केहि भरियाहरुले मोटरसाइकल, इ–रिक्सा, टेम्पु, साइकल र पैदल दैनिक रूपमा नेपाल भित्राउने गरेका छन् ।

प्रहरीकै सेटिङमा लाइन पाउने तस्करहरु:-
छपकैया नाकाबाट कपडा तस्करी गर्ने बच्चालाल साह, हरेन्द्र पटेल र बबन साह रहेका छन् ।

यसैगरी काजु किसमिस, छोक्डा, हार्डवेयर, इलेक्ट्रोनिक, मोटरपार्टस, स्पेयर पार्टसको तस्करी गराउने पशुपति यादव, बैजु साह, मञ्जु पटेल, गम्भीरा साह, बिबेक गुप्ता, जितु साह, डाबा साह, ललन साह र माष्टर रहेका छन् ।

यस्तै तस्करीको लाइन पाउने व्यापारीहरुमा अशोक वर्णवाल, मदन बंगाली, जटाधारी र बवन ठाकुरलगायत रहेका स्रोतले दाबी गरेको छ।

यस बिषयमा प्रहरी चौकी छपकैयाको प्रहरी नायब निरीक्षक (सई) सङ जिज्ञासा राख्दा अनभिज्ञ जनाइ रहेका छन् ।
उनी आफु बिदामा रहेको बहाना बनाउदै पछी हटेका छन् ।

त्यस्तैगरि छपकैया शिक्षा अफिसको कार्यालयमा रहेको बिओपी पोस्टका प्रमुख सशस्त्र प्रहरी निरीक्षक कैलाश कटुवाल पनि यस्तै बहाना बनाएका छन् ।

सई टेरले एक जना यादवलाई घुमुवाको रूपमा परिचालन गरि रकम उठाउने गरेका छन् ।
भने सशस्त्र प्रहरीले कोर्टमाष्टर मार्फत
तस्कर मिलाउने काम
गरेका छन् ।

उता भारतिय एसएसबीले छपकैया आउने मेन बाटोमा सीसीक्यामरा जडान गरे पनि तस्करहरुले पन्टोकाको पूर्व साइडको गोरेटो बाटो प्रयोग गर्दै छपकैया, नयाँ बस्तीको बाटो प्रयोग गरि बिरगंज पुर्याउँदै आएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles