Monday, June 30, 2025

डीआईजी बोहराले सम्हाले उपत्यका ट्राफिकको कमाण्ड :

ताजा / भरखरै प्राप्त

पर्सा, २० भद्रौ

नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) भरतबहादुर बोहराले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका छन् ।
रामशाहपथस्थित कार्यालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।गएको असार २१ मा पोषराज पोखरेलले उमेरहदका कारण डीआईजीबाट अवकाश पाएपछि ट्राफिक प्रहरी कार्यालय निमिक्त प्रमुख एसएसपी जीवन श्रेष्ठको भरमा चलेको थियो ।
उनले समेत ३० वर्षे सेवाहदका कारण भदौ १६ मा अवकाश पाएपछि ट्राफिक प्रहरी नेतृत्वविहीन थियो । बुधबारदेखि भने डीआईजी बोहराले कमाण्ड सम्हालेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles