पर्सा, २० भद्रौ

सशस्त्र प्रहरी मटिअर्वा गुल्माका डीएसपी बिधुर भट्टराईको संलग्नतामा भित्रीएको अवैध समान डीआईजीको कडा निर्देशनमा गोदामबाट बरामद,
सशस्त्र प्रहरीका एसपी सिंहले भन्छन´ मेरो आँखा नै पुगेन ।
बारा जिल्लामा सशस्त्र प्रहरीको मिलोमतोमा नेपाल भित्रीएको अवैध समान डीआईजीको कडा आदेशमा गोदामबाट तस्करीको समान बरामद गरिएको छ ।
सशस्त्र प्रहरीका डीआईजी कालीदास धौजीको कडा आदेशमा कलैया उपमहानगरपालिका-१२ बाट आज दिउँसो समान बरामद गरिएको हो ।
सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले कलैयाका खेदु मियाँको नाममा रहेको घर गोदामबाट छापा मारेर चिनी र प्याज बरामद गरेका छन् ।
मटिअर्वा स्थित सशस्त्र प्रहरीको प्रस्तावित सिमा सुरक्षा गुल्मका प्रमुख डीएसपी बिधुर भट्टराईको मिलोमतोमा भित्रिएको ५३ बोरा प्याज र १४ बोरा चिनी बरामद गरिएको छ ।
डीएसपी बिधुर भट्टराईले दिपक सिंह र सुरेन्द्र नाम गरेका तस्करसंग चारदिन अघि मोटो रकम लिएर प्याज, चिनी, केराउ, काजु र किसमिसको तस्करीको लाइन दिएका थिए ।
तस्करहरुले सशस्त्र प्रहरीका उपरीक्षक सन्तोष बहादुर सिंहले समेत मुद्रा मोचन गरि लाईन दिएका थिए ।
सशस्त्र प्रहरी उपरीक्षक सिंहले भने आफुले कसैसँग पनि रकम नलिएको र आफू दिनरात खटेपनी तस्करीको समान तर्फ आफ्नो आँखा नपुगेको बताए छन् ।
डीएसपी भट्टराईले खुला सिमानाका कारण तस्करी भएको हुन सक्ने प्रतिक्रिया दिँदै आफुले कसैसँग पनि रकम नलिएको बताए ।
प्रहरीले चिनी र प्याजसँगै दुईवटा मोटरसाइकल पनि बरामद गरेको छ ।
यसअघि सोही ठाउँबाट लोड भएर निस्किएको मिनी ट्रक सहित चिनी र प्याज सशस्त्र प्रहरीका डीआईजीको आदेशमा सशस्त्र प्रहरीको टोलीले उतरझिटकैयाबाट नियन्त्रणमा लिएर आन्तरिक राजस्व कार्यालय पथलैयामा आवश्यक कार्बाहीकोलागी बुझाएको थियो ।
छापामारी गरिएको ठाउँ सशस्त्र प्रहरी मटिअर्वाको क्षेत्रमा पर्दछ ।
छापामारी गरिएको स्थल मानमत-मटिअर्वा सडक खण्डको कलैया उपमहानगरपालिका-१२ सशस्त्र प्रहरीको गुल्म भन्दा करिब डेढ दुई सय मिटर दुरीमा रहेको छ ।
बरामद गरिएको समान मटिअर्वा नाकाबाट मोटरसाइकलमा ल्याएर कलैया उपमहानगरपालिका-१० को गोदाममा भण्डारण गरिएको थियो ।
डीएसपी भट्टराईले महिनावारी रकम लिएका थिए भने डीउटीमा खटेका सशस्त्र प्रहरीको टोली प्रती मोटरसाइकलसंग एक सय रुपैयाँ लिने गरेको स्रोतको दाबी गरेको छ ।
डिएसपी बिधुर भट्टराईसंग केहीकुरा सोधनका लागि फोन गर्दा फोन उठेन । 98512 58172 ?
डीएसपी भट्टराईलाई एसपी सिंहको संरक्षण रहेका छन् बुझिएको छ ।