पर्सा, २२ भद्रौ

बारा प्रहरीले एक फरार प्रतिवादीलाई पक्राउ गरेका छन ।
ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलीले ३८ वर्षीय मकसुद अन्सारीलाई पक्राउ गरेको हो ।
अन्सारी सिम्रौनगढ नगरपालिका वडा नम्बर ४ का निवासी हुन् ।
अन्सारीमाथि नक्कली मुद्रा कारोबारमा २ वर्ष कैद र ४ लाख ७६ हजार ८ सय रुपैयाँ जरिवाना तोकिएको थियो ।
उनीमाथि कानुनी प्रक्रिया सुरु गरिएको बारा प्रहरीले जनाएका छन् ।