Saturday, May 10, 2025

असुली काण्डमा तानिए दुहबीका सई. ठाकुर ।

ताजा / भरखरै प्राप्त

पर्सा, २२ भद्रौ

धनुषा ।
जिल्ला प्रहरी कार्यालय धनुषा मातहतको प्रहरी चौकी दुहबीका प्रमुख सई धर्मेन्द्र ठाकुर घुष लिएको आरोपमा तानिएका छन् ।

गत मंगलबार बिहान ७ बजेको समयमा तस्करी गरेर ल्याएको कपडा सहितको टेम्पो ४ घण्टा नियन्त्रणमा लिएर ३० हजार रूपैयाँ लिएर छोडेको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालयमा एसपी भुवनेश्वर तिवारीले सई ठाकुरलाई जिल्ला प्रहरी कार्यालयमा तानेका हुन ।

उनको खानतलासी गर्दा उक्त रकम भेटिएको र उनलाई कारबाही स्वरूप तानिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
तस्करी गरि सामान ल्याएर सई ठाकुरलाई रकम दिने महिलाहरूमा रेनु साह र रजीना खातुन रहेका छन् ।

केही दिन अघि मात्रै सोही चौकीका सई. चन्द्र प्रसाद यादवलाई उजुरी छानबिन काठमाडौंले छानबिनका लागि प्रहरी मुख्यालयमा तानिएका छन् ।

उनी छानबिनमा तानिएपछि सई धर्मेन्द्र ठाकुर खटिएका थिए।
दुहबी नाकामा दर्जनौं तस्करी गर्ने तस्कहरू छन् सशस्त्र प्रहरीका बिऔपी पनि छ, र
नेपाल प्रहरीको चाैकी पनि छ, इ दुबै प्रहरीको सेटिङमाहुन्छन् दुहबी नाकाबाट तस्करी ।

दुहबी नाकाबाट नेपालबाट चाइनिज स्याउ, कोलगेट टुथपेस्ट, फेयर लबली, सुपारी लगायतका सामानहरु भारततर्फ तस्करी भईरहेको छ ।

पर्सा जिल्लामा तस्करी रोकिए पछि पर्सा भिस्वा भिस्वाका नामी तस्कर जयसवाल, साह, नाैनिहार, गुप्ताहरूले धनुषा जिल्लाका दुहबी नाकाबाट तीन महिना सम्म पिकपका पीकप तस्करी गर्न सफलता पाएका छन् ।

भारतबाट कपडा ,हार्डवेयर , मोटर पाटस, पानपराग ,रजनिगन्धा , लगायतका सामानहरु पिकअप मोटरसाईकलको माध्यमले तस्करी तस्करी भईरहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles