Monday, June 30, 2025

रौतहटको महम्दपुर स्वास्थ्यचौकीको बार्थिङ सेन्टरमा सुत्करीको मृत्यु :

ताजा / भरखरै प्राप्त

पर्सा, २२ भद्रौ

मृत्युु भएपछि स्वास्थचाैकीमा भयो तोडफोड रौतहट ।

रौतहटको गरुडा नगरपालिका वडा नम्बर ५ शिवनगर स्थित महम्दपुर स्वास्थ्यचौकीको बार्थिङ सेन्टरमा स्वास्थ्यकर्मीको लापरबाहीले सुत्करीको मृत्यु भएको आरोपमा प्रदर्शन र तोडफोड भएका छन् ।

सुत्केरी हुन बर्थिङ सेन्टर गएकी गरुडा नगरपालिका-५ शिवनगरकी २५ वर्षीया रमिता देवीको अत्यधिक रक्तस्राव भएपछि सेन्टरले वीरगन्ज रेफर गरेको
थियो ।
वीरगञ्ज पुर्‍याउँदा डाक्टरले रमितालाई मृत घोषणा गरेका थिए ।

स्थानीयले बर्थिङ सेन्टरले लापरबाही गरेको आरोप लगाउँदै तोडफोड गरेका छन् ।
मृतकका परिवारले क्षतिपूर्ति माग गर्दै शवलाई राजमार्गमा राखेर प्रदर्शन गरेका थिए हिजो ११ बजे राति सम्म ।

भदौ ३ गते पनि सोही बर्थिङ सेन्टरमा सुत्केरी भएकी २१ वर्षीया शर्मिलाकुमारी सहनीको मृत्यु भएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles