पर्सा, २२ भद्रौ

सिराहाका नेपाल प्रहरीले करिब दुई क्विन्टल गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।
सिराहाको कर्जन्हा नगरपालिका १० स्कुल टोलबाट दुई सय १७ किलो गाँजा र एकजना भारतीय नागरिकसहितका तीन जनालाई शुक्रवार नेपाल प्रहरीले नियन्त्रणमा लिएको हो ।
मिर्चैयाबाट खटिएको प्रहरी टोलीहरूले
स्थानीय
४५ वर्षीय बिहारी मुखियाको गोठबाट
गाँजा बरामद गरिएको छ ।
प्लास्टिकको १४ वटा पोका बनाइ राखिएको अवस्थामा गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी मुक्तिनाथ सापकोटाले जानकारी दिएका छन् ।
पक्राउ पर्नेमा
भारतको विहार राज्य, मधुबनी जिल्ला
बलरा थाना १२ नम्बर वडाका २१ वर्षीय किसुन मुखिया, र मकवानपुर मनहरी गाउँपालिका ९ का ६२ वर्षीय खडकबहादुर तामाङ र स्थानीय
४० वर्षीया चानोदेबी मुखियालाई प्रहरीले नियन्त्रणमा लिएका छन् ।
जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी मुक्तिनाथ सापकोटाले बताएका
छन् ।