Sunday, June 29, 2025

सशस्त्र प्रहरीको संरक्षणमा अलौं नाकाबाट तस्करी पर्सा :

ताजा / भरखरै प्राप्त

पर्सा, २३ भद्रौ

वीरगंज । पर्साको अलौं र अलौं कै भलुहवामोठ भन्ने कोनिया नाकाबाट तस्करी भइरहेको छ ।

अलौं, र ड्राईपोर्ट नाकाबाट सशस्त्र प्रहरीको संरक्षणमा खुलेआम तस्करी भइरहेको पाइएको हो ।
अलौं गाउँको मुख्य बाटो र आईसीपी छेउ लगायतको बाटो हुँदै कपडा, हार्डवेयर, मोबाइल र मोबाइल पार्टस, कम्पयुटर पार्टस्, विभिन्न गाडीको पार्टस्, विभिन्न औषधीजन्य सामग्री, किराना सामान, इलेक्ट्रिक चुरोट, चिनी, प्याज लगायतका दैनिक उपभोग्य बस्तुको तस्करी भइरहेको छ ।
उक्त नाका भएर भारतबाट नेपाल तर्फ मोटर साइकल र साईकलमा ल्याएर नै तस्करी गराउने सुरु भएको छ ।
सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट अलौंलाई मोटो रकम दिइ र महिनौ देखि नाकाबाट मोटरसाइकल र साइकलमा नै तस्करी भइरहेको छ ।

यो नाकाबाट भैसी र रांगाको समेत तस्करी फस्टाएको छ ।

नेपाल तथा भारतका नामुद तस्करहरूले सङ्गठित रूपमै तस्करी गर्न लाईन पाएका छन् ।
तस्करीको लाईन पाउनेहरूमा रक्सौलका भिखारी, गुडुलाई हार्डवेयर ,
बैजनाथ यादवलाई भैसी , नगिना महतोलाई कपडा , खोबारी महतो र हरिश्चन्द्र साहलाई किराना छन् ।
निरज, धिरज भन्ने व्यापारीले इलेक्ट्रिक पार्टपूर्जा, औषधी लगायतका सामानको तस्करी गर्ने गरेका छन्
भने सोही नाकाबाट जटधारी र राजेश नामक तस्कहरको समूहले कपडा, हार्डवेयर लगायतका सामानको तस्करी गर्ने गरेका छन् ।

अनिल, पंकज र जयप्रकाश लगायतका समूहले कबाडको नाममा जनावरहरुको हड्डी, कपडा, दाल चिनी, चकलेट लगायतका दैनिक उपभोग्य बस्तुको तस्करी गर्ने गरेका छन् ।

बिनय र दिनेश नामक तस्करले पनि कपडा र हार्डवेयरको तस्करी गरिरहेका छन् ।
सन्दिप चौरसियाले अलौं सिमानाकाको कोनिया नाकाबाट तस्करीको लाईन पाएका छ।

तस्करहरूले वीरगन्जको रानिघाट,मीनाबजार,परवानिपुर, बाराको जीतपुर बजार सम्म पुर्याउने गर्दछन ।
वीलचेयर साइकल र तिन पाङ्ग्रे मोटरसाइकलमा अपाङ्ग भएका व्यक्तिले किराना समानहरु ओसारपोसार गरि जीविकोपार्जन गर्नेहरुसककग १५,०००्–२०,०००्– सम्म महिनवारी लिई तस्करीको लाइन दिएका छन ।

सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट अलौंमा सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारी छन ।

सशस्त्र प्रहरीकै अगाडीबाट पर्साको ड्राइपोर्ट क्षेत्रबाट तस्करहरूले काजु र कपडाको तस्करी गरेका छन् ।

सशस्त्र प्रहरीको चेक पोस्ट श्रीसिया भन्सार अगाडी भए पनि तस्करी हुने गरेको छ ।
श्रीसिया भन्सार नाका हुँदै अकाश, पशुपती, मुनिलाल, रम्भु भन्ने तस्करहरूले तस्करीको लाइन पाएका छन् ।

सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट ड्राइपोर्टका प्रमुख निरीक्षक बिपिन खनाल छन् ।

मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आफनो प्रदेशमा ब्यापक तस्किरी भइरहेको बताएका छन ।

जनकपुरधामको एक होटलमा नेपाल भारतको सम्बन्ध बारे आयोजित एक कार्यक्रममा उनले यस्तो भनेका हुन ।
सिंहले रातोरात गाडीको गाडीको गाडी तस्करी हुन्छ ।
तस्करीका कारण सरकारले पाउनु पर्ने राजस्व समेत नपाएको उनको भनाई छ ।
साभार ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles