पर्सा, २४ भद्रौ

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा तालुक काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरी, काठमाण्डौबाट सरूवा भई आउनु भएका प्रहरी नायव महानिरीक्षक कृष्ण हरि शर्माले प्रदेश प्रहरी प्रमुखको रूपमा आफ्नो पदभार ग्रहण गर्नु भएका छन ।
बागमती प्रदेश प्रहरी प्रमुखले कार्यालय परिसरभित्र वृक्षारोपण गर्नु भई बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाको समग्र वस्तुस्थितिबारे जानकारी लिनुको साथै कार्यालयमा कार्यरत सिनियर प्रहरी अधिकृत, जुनियर तथा मातहतका प्रहरी कर्मचारीहरूलाई आवश्यक विभागीय निर्देशन समेत दिनु भएको छ ।


