पर्सा, २४ भद्रौ

पर्साका प्रशासनले जिल्लाभित्र हुने विभिन्न राजनैतिक तथा धार्मिक सांस्कृतिक कार्यक्रममा मानव स्वास्थलाई असर पर्ने गरि चर्को आवाजमा डिजे स्पिकर लाउड स्पिकर बजाउनको लागि प्रशासनले
रोक लगाएको छ ।
पर्सा जिल्ला भित्र विभिन्न कार्यक्रम गर्दा ठ्लो स्वरमा डिजे,लाउड स्पिकर साउन्डबक्श
बजाउनमा रोक लगाइएका छन् ।
मानव स्वास्थयलाई नै असर पर्ने गरी डि.जे, स्पिकर, लाउड स्पिकर ठूलो स्वरले बजाउने, आतिसवाजीहरू गर्ने जस्ता क्रियाकलापहरूले असुविधा पुग्न गएकोले यस्ता क्रियाकलापमा रोक लगाइएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साले आइृतबार एक सुचना जारी गरि ठुलो स्वरमा डिजे बजाउन रोक लगाइएको जानकारी दिएको छ।


