Tuesday, July 1, 2025

पत्रकार महासंघका अध्यक्षद्वारा राजीनामा :

ताजा / भरखरै प्राप्त

पर्सा, २५ भद्रौ

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले राजीनामा दिएका छन् ।

पटक पटक निर्वाचनको मिति तोकिए पनि निर्वाचन हुन नसकेपछि नैतिकताको आधारमा उनले वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई कार्यवाहकको जिम्मेवारी सुम्पेर राजीनामा दिएका छन् ।

उनले महासंघको विधानको व्यवस्थाअनुसार महाधिवेशन सम्पन्न गरी निर्वाचन प्रक्रिया प्रारम्भ गरेको अवस्थामा विभिन्न कारणले
निर्वाचन हुन नसकेको र दुई पटक तोकिएर
समयमा हुन नसकेको निर्वाचनको मिति तेस्रो पटक तोकिएको उनले उल्लेख गरेका छन् ।

निकै प्रयास गरे पनि एक हप्तासम्म कार्यतालिका ल्याउन नसक्नुले निर्वाचनप्रति पनि सर्वस्वीकार्य हुने महसुस नगरेको भन्दै राजीनामा दिएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles