पर्सा, २६ भद्रौ

गृह मन्त्रालयले प्रहरीका तीनजना डीआईजीको सरुवा गरेको छ । गृहमन्त्री रमेश लेखकले डीआइजीहरूलाई सरुवा गर्ने निर्णय गरेका हुन् ।
आर्थिक अनियमितताको आरोप लागेका मधेश प्रदेशका डीआईजी यज्ञविनोद पोखरेललाई प्रहरी मुख्यालयस्थित प्रदेश समन्वय विभागमा तानिएको छ।
नेपाल प्रहरीका तीनजना डीआईजीहरूको सरुवा भएको छ ।
मधेस प्रदेशका डीआईजी यज्ञबिनोद पोखरेल
नेपाल प्रहरी प्रधान कार्यालयमा तानिए ।
गृह मन्त्रालयले नेपाल प्रहरीका तीन डीआईजीको सरुवा गरेको छ ।
मन्त्री स्तरीय निर्णयबाट बुधबार यज्ञविनोद पोखरेल, लालमणि आचार्य र
राजेश बास्तोलाको सरुवा भएको गृह मन्त्रालय स्रोतले जानकारी
दिएको छ ।
आर्थिक अनियमितताको आरोप लागेका मधेश प्रदेशका डीआईजी यज्ञविनोद पोखरेललाई प्रहरी मुख्यालयस्थित प्रदेश समन्वय विभागमा तानिएका छन् ।
यस्तै, मधेश प्रदेशमा भरतपुर शिक्षालयका डीआईजी लालमणि आचार्यलाई पठाइएको छ ।
शिक्षालयमा भने प्रहरी मुख्यालयस्थित अन्वेषण योजना निर्देशनालयमा कार्यरत डीआईजी राजेशनाथ बास्तोलालाई पठाइएको छ ।