पर्सा, २७ भद्रौ

“हराएका २२ वटा दुई पाङग्रे सवारी साधन ट्राफिक प्रहरीद्वारा खोजतलास गरी धनीलाई हस्तान्तरण”
विभिन्न मितिमा हराएका २२ वटा दुई पाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले बुधबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।
काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच यस कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डिआईजी भरत बहादुर बोहराले १३ वटा मोटरसाइकल र ९ वटा स्कुटर सम्बन्धित धनीलाई आज हस्तान्तरण गर्नु भएको छ ।
काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा सिंहदरबार, कोटेश्वर, सुन्दरीजल, नयाँबसपार्क, नेपालटार, तिलेङ्गेटार, जनसेवा, सानेपा, कलंकी, टोखा, सानोठिमी, स्वयम्भु, थानकोट र मैतीदेबी लगायतका स्थानबाट हराएका उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो । आज बुझाइएका २२ वटा सहित ९६ वटा सवारी साधन साउन महिनादेखी आज सम्म ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ ।
भने चोरीका १२ वटा दुई पाङ्ग्रे सवारी साधन सहित चोरीमा संलग्न १६ जना व्यक्तिहरूलाई पनि आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ ।
काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक बिश्वराज खड्काले जानकारी दिएका छन् ।