Monday, June 30, 2025

बाराको पथलवाघाट तस्करहरूको अखडा :

ताजा / भरखरै प्राप्त

पर्सा, २८ भद्रौ

बारा जिल्लाको पथलवाघाट केही महिना यता तस्करहरूको अखडा बनेका छन् ।

तस्करीमा संलग्न तस्करहरूले कहाँ र कुन नाका आफ्नो लागि सहज र सजिलो हुन्छ, भने
त्यहीबाट तस्करीको धन्दा चलाउंछन भन्ने कुरामा कुनै दुईमत छैन ।

त्यसैले बिगत केही महिना देखि यो नाकाबाट व्यापक मात्रामा तस्करी भैरहेका छन् ।

नेपाल तर्फबाट ठूलो मात्रामा गांजाको तस्करी भारततर्फ हुदै आएको छ ।

बारा जिल्लामा सबैभन्दा बढी गांजाको तस्करी हुने नाका नै पथलवाघाट भएको यहाँका स्थानीयले नै बताउँछन् ।

धादिङ र मकवानपुर जिल्लाको पहाडी भेगमा उत्पादित गांजा तथा चरेस समेत यसै नाकाबाट भारततर्फ तस्करी हुने गरेको बताइन्छ । कतिपय अवस्थामा प्रहरी पक्राउ गरेको भए पनि लेनदेनको सेटिङ नमिलेपछि मात्रै प्रहरीले पक्राउ गर्ने गरेको आरोप लाग्दै आएको छ ।

अन्यथा प्रहरीको सेटिङ र संरक्षणमा गांजा र चरेशको तस्करी बढी मात्रामा यसै नाकाबाट हुने गरेको स्थानीय बताउँछन् ।

गांजा र चरेसको कारोवार गर्नेमा प्रदिप र राजेश नाम गरेका भारतीय नागरिक रहेको स्थानीय बासिन्दाहरू बताउँछन् ।

यसका अलवा यो नाकाबाट मदन यादव, रामप्रवेश यादव बलिष्टर यादव समेतलाई स्थानीय प्रहरीले मलको तस्करी गर्ने लाइन दिएको समेत खुलेको छ ।

साथै भोला माष्टर र अरविन्द साहलाई कपडाको तस्करीको लाइन दिइएको छ भने उपेन्द्र यादव र प्रदिप यादवलाई हार्डवेयरको तस्करीको लाइन प्रहरीले दिएको छ ।

पथलवाघाट स्थित प्रहरी चौकीको प्रमुखको रूपमा असई दिनेश महत्तो रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles