Monday, June 30, 2025

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई धरौटीमा रिहा गर्न आदेश:

ताजा / भरखरै प्राप्त

पर्सा, २८ भद्रौ

भारतको सर्वोच्च अदालतले नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

न्यायाधीश सूर्यकान्त र उज्जल भुयनले इजलासले केजरीवाललाई १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

केजरीवाल मदिरा नीतिमा भ्रष्टाचार गरेको आरोपमा पक्राउ परेका थिए ।

भारतीय समाचार पीटीआईका अनुसार न्यायाधीश उज्जल भुयनले धरौटीमा रिहा गर्न सीबीआईलाई आदेश दिँदै भनेका छन्, !

‘उनी पिँजडामा बन्द सुगा होइनन् ।’

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles