Monday, April 21, 2025

सवारी लाइसेन्समा अनियमितता अख्तियारको छानबिन शुरू :

ताजा / भरखरै प्राप्त

पर्सा, ‌३० भद्रौ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अवैध सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रकरणइमा ४०२ जना कर्मचारीको तीनपुस्ते विवरण
मागेको छ ।

आयोगले १ लाख २ हजारभन्दा बढी सवारी लाइसेन्समा भएको अनियमितताको अनुसन्धान गर्न
थालेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले छानबिन जारी राखेको बेला अख्तियारले पनि अनुसन्धान
थालेको हो ।

उजुरी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा गठित छानबिन समितिले बुझाएको प्रतिवेदन, यातायात व्यवस्था विभागद्वारा गठित छानबिन समितिले बुझाएको प्रतिवेदन आदिलाई आधार मानेर अख्तियारले विस्तृत छानबिन गरिरहेको छ ।

लाइसेन्स जारी गर्ने तथा नवीकरण गर्ने अधिकार पाएका देशभरका ४० वटा यातायात कार्यालयका उपसचिवदेखि कम्प्युटर अपरेटरसम्मको तीनपुस्ते विवरण मागिएपछि कर्मचारीहरू सन्त्रास भएका छन् ।

यातायात व्यवस्था विभागले गरेको छानबिनमा सेवाग्राही, कर्मचारी र विचौलियाको मिलेमतोमा १ लाख २ हजार नक्कली लाइसेन्स जारी भएको देखिएको थियो । सोही आधारमा छानबिनका लागि विभागले सीआईबी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुसन्धानका लागि विभागले पत्रचार गरेको थियो ।

विभागको आग्रहअनुसार अख्तियारले १ लाख २ हजारभन्दा बढी लाइसेन्समाथि अनुसन्धान सुरु गरेको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles