Tuesday, April 22, 2025

इन्जिनियरको चुनावमा कांग्रेस निकट सिडेनका उम्मेदवार निर्वाचित :

ताजा / भरखरै प्राप्त

पर्सा, ‌३० भद्रौ

इन्जिनियरहरुको संस्था नेपाल इन्जिनियर्स एशोसिएसनको अध्यक्षमा नेपाली कांग्रेस निकट सिडेनका उम्मेदवार सुवासचन्द्र बराल विजयी भएका छन् ।

उनले निकटतम प्रतिद्वन्द्वी विष्णुप्रसाद पाण्डेलाई पराजित गर्दै विजयी भएका हुन् ।

बरालले ४ हजार ८४२ मत पाउँदा उनलाई पछ्याएका पाण्डेले २ हजार ८१० मत पाए ।
२५ सदस्यीय एशोसिएसनको केन्द्रीय कार्यसमितिमा ३ जना मात्रै सिडेन बाहिरका विजयी भएका छन् ।

शुक्रबार मतदान भएर आइतबार सकिएको मत गणनामा डेमोक्रेटिक इन्जिनियर्स समूहले केन्द्रीय कार्य समितिमा बहुमत ल्याएकाे हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles