पर्सा, ३० भद्रौ

निर्वाचन आयोगले स्थानीय तहका रिक्त पदमा उपनिर्वाचनका लागि मिति सिफारिस गरेको छ ।
आयोगले स्थानीय तहको उपनिर्वाचन १६ मंसिरमा गर्न सरकारलाई परामर्श दिएको हो ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर मंसिर १६ गते उपनिर्वाचन गर्न सिफारिस गरेका हुन ।
आयोगको परामर्शमा सरकारले निर्वाचनको मिति तोक्ने गर्छ ।
स्थानीय तहमा हाल विभिन्न पदमा ४१ जना जनप्रतिनिधिहरूको पद
रिक्त छन् ।