पर्सा, ३० भद्रौ
जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका एक कैदी फरार भएका छन् ।
भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालबाट आज बिहान २४ वर्षीय जीवन साह फरार भएका हुन् ।
त्यहाँ उपचाररत साहलाई अस्पतालको शौचालय लगिएकामा शौचालयबाटै उनी फरार भएको प्रहरीले जनाएको छ ।
छातीमा समस्या भएपछि भद्रपुर नगरपालिका–५ घर भएका साहलाई यही भदौ २५ गते प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो ।