पर्सा, ३१ भद्रौ

बाँके जिल्ला अदालत बाँकेले दुई युवामाथि खुकुरी प्रहार गरेको घटनामा वडाध्यक्षसहित पाँच जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
आइतबार न्यायाधीश दीपक घिमिरेको एकल इजलासले राप्ती सोनारी गाउँपालिका-२ का वडाध्यक्ष ज्ञानु भनिने ज्ञानेन्द्रराज ओलीसहित थप चार जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।
राप्ती सोनारी-२ का सन्दिप ओली, रत्न भण्डारी, लोकबहादुर डाँगी र नेपालगञ्जका सन्तोष गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।
बाँकेमा भदौ १ गते राप्ती सोनारीका २८ वर्षीय सन्दिप विष्ट र बैजनाथ-७ प्रशुरामपुरका २८ वर्षीय सुलभ मल्लमाथि एक समूहले आक्रमण गरेको थियो ।