पर्सा, ३१ भद्रौ

डोटी — जबरजस्ती करणी गरेको आरोपमा जिल्ला अदालत डोटीबाट दोषी ठहर भएका एक अभियुक्त ९ वर्षपछि पक्राउ परेका छन् । प्रहरीले आइतबार बिहान दिपायल सिलगढी नगरपालिका वडा नं. ७ उडीतोला बस्ने ४७ वर्षीय रामबहादुर खड्कालाई अदालतबाट दोषी ठहर भएको ९ वर्षपछि पक्राउ गरिएको डीएसपी भीमलाल भट्टराइले जानकारी दिए ।
खड्का दिपायल सिलगढी नगरपालिकामा सवारी चालकका रुपमा कार्यरत रहेका थिए ।
जिल्ला अदालत डोटीले २०७२ साउन ३० गते दोषी ठहर गर्दै ३ वर्षका लागि जेल सजाय तोकेको थियो ।