पर्सा, ३१ भद्रौ

पर्साका बिरगंजमा पनि मनाइयो मोहम्मद जयन्ती
आज स्वदेश तथा बिदेशमा पनि मुस्लिमहरूले
मोहम्मद जयन्ती पर्व जस्तै (मोहम्मद दिवस) मनाइँदै छन् ।
मोहम्मद दिवसको अवसरमा देशैभर नेपाली मुस्लिम धर्मावलम्बीका लागि बिदा दिइएको छ,
भने मधेस प्रदेशमा पनि सार्वजनिक बिदा
दिएको छ ।
गृह मन्त्रालयले आइतबार एक सूचना जारी गरी मुस्लिम आयोगबाट मोहम्मद जयन्ती आजै भएको भनी जानकारी प्राप्त भएकाले आज सार्वजनिक बिदा
दिइएको हो ।
‘मिति २०८१ भदौ ३१ गते नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय भएको ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, ।
मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ ।
प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका छन् ।
मन्त्रालयका निमित्त प्रदेश सचिव सुदीपकुमार सिंहले जारी गरेको सूचनामा प्रदेश मन्त्रिपरिषद्को २०८० साल चैत ११ गतेको बैठकमा यस सम्बन्धी निर्णय पारित भएको उल्लेख छन् ।
सूचनामा भनिएको छ, ‘पैगम्बर मोहम्मदको जन्मदिन २०८१ साल भदौ ३१ गते सोमबारका दिन परेकोले उक्त दिन मधेस प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको छ ।’
यस निर्णयसँगै मधेस प्रदेशका मुस्लिम समुदायले पैगम्बर मोहम्मदको जन्मदिनलाई सम्मानपूर्वक मनाएका छन् ।