Monday, April 21, 2025

रविले सहकारीबाट ९५ करोड ठगेको प्रमाण म,सँग,छ,मुकुल ढकाल :

ताजा / भरखरै प्राप्त

पर्सा, ‌३१ भद्रौ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वमहामन्त्री मुकुल ढकालले सभापति रवि लामिछानेले सहकारीबाट ठगेको प्रमाण आफुसँग रहेको दाबी गरेका छन् ।

सामाजिक सञ्जालमा फेसबुकमा लामो धारणा सार्वजनिक गर्दै ढकालले यस्तो दाबी गरेका हुन् ।

ढकालले रास्वपा सभापति लामिछानेले सहकारीबाट २ करोड रुपैयाँ गोर्खा मिडिया नेट्वर्कमा लगेको आरोप लगाएका छन् ।

ढकालले लेखेका छन्,‘नेपालमा स्वेट शेयरको कानुन छैन भनेर रवि लामिछानेले हल्ला फैल्याए, हामीले त्यसमा विश्वास गर्यौँ ।
कतिपय मिडियाकर्मी साथीहरूले पनि त्यहीअनुसार समाचार प्रशारण गरे ।

तर नेपालमा ‘स्वेट शेयर’ वा यस्तै प्रकृतिमा लिइने अन्य शेयरका लागि कानुन छ।’
उनले ‘स्वेट शेयर’को कानुन छैन भनेर लामिछानेले हल्ला फैलाएको आरोप पनि लगाए।ढकालले रविले २ करोड मात्रै नभएर झण्डै ९५ करोड रकम सहकारीबाट ठगेको प्रमाण आफूसँग सुरक्षित रहेको पनि जिकिर गरेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles