पर्सा, १ असोज

जिल्ला प्रशासन कार्यालय कास्कीको आयोजनामा संविधान दिवस (राष्ट्रिय दिवस) २०८१ को अवसरमा फेवाताल संरक्षण तथा सरसफाई कार्यक्रम सम्पन्न गरिएको ।
उक्त कार्यक्रम गण्डकी प्रदेशका माननिय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यता तथा कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेको अध्यक्षतामा सम्पन्न हुनुका साथै सरसफाई कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका कार्यालय प्रमुख प्र.ना.म.नि. दुर्गा सिंह, नेपाल प्रहरी प्रदेश कार्यालय कास्की पोखराका प्र.व.उ. ध्रुवराज राउत, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्र.उ. मोहन कुमार थापा, नेपाली सेना, सशस्त्र प्रहरी बल, बिभिन्न सरकारी तथा गैह्र सरकारी संघ संस्थाका कर्मचारीहरु, स्थानिय आमा समूह, भद्रभलाद्मी, समाजसेवी लगायतको उपस्थिती रहेको थियो ।