Sunday, June 29, 2025

भन्सार छलेर ल्याएको अवैध समान लाखौंको बरामद :

ताजा / भरखरै प्राप्त

पर्सा, १ असोज

मकवानपुर प्रहरीले ३१ लाख मूल्य बराबरको भन्सार छलेर ल्याएको अवैध लत्ताकपडा तथा विभिन्न सामानहरु बरामद गरेको छ ।

पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको डब्लुवी ४९ एन २१७८ नम्वरको भारतीय यात्रुवाहक बसलाई हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटे चेकपोष्टमा खानतलासी गर्दा प्रहरीले ३१ लाख रुपैयाँ मूल्य बराबरका सामाग्रीहरू बरामद गरेको हो ।
प्रहरीले लत्ता कपडा १०६० थान (कुर्ती), तुलसी १५० ग्रामको २७० थान, मस्टी ड्ररड लेखेको ९६० थान, तामाको सानो कचौरा १४ थान, सुन सफा गर्ने ब्रस ३६ थान, प्लेट १२ थान, नोमन लेखेको ग्यास लाईटर ५ थान, हिट लेखेको ग्यास लाईटर २ थान, तार ३१ थान, तामा जस्तो देखिने रड २ थान, नोमन लेखेको किड १० थान, अरमान लेखेको किड २ थानलगायत बरामद गरेको प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles