पर्सा, १ असोज

सशस्त्र प्रहरी बल नेपाल हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालय लामापाटन पोखरामा सञ्चालित सि.सं. १६ (ख) सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिम समापन
भएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सोही शिक्षालयमा सोमबार एक कार्यक्रमका बिच उक्त तालिमको समापन गरेका हुन् ।
महानिरीक्षक राजु अर्यालले तालिमका सर्वप्रथम र कवाजमा उत्कृष्ट
प्रशिक्षार्थी सशस्त्र प्रहरी सहायक निरीक्षक रविन सार्कीलाई खुकुरी प्रदान तथा शारीरिक सहिष्णुतातर्फ उत्कृष्ट सशस्त्र प्रहरी सहायक निरीक्षक भीष्म परियार र चाँदमारीतर्फ उत्कृष्ट सशस्त्र प्रहरी सहायक निरीक्षक सञ्जीव पटेललाई
पुरस्कार प्रदान
गरेका छन् ।
उनले राष्ट्रको सेवा, सुरक्षार्थ दृढ सङ्कल्पित भई आधारभूत तालिम सफलतापूर्वक सम्पन्न
गरी दीक्षित भएका
सशस्त्र प्रहरी सहायक निरीक्षकहरुलाई हार्दिक बधाई दिनुभकासाथै आफ्ना सन्ततिहरूलाई सशस्त्र प्रहरी बल नेपालको सदस्यका रूपमा संगठनमा आबद्ध गराई राष्ट्र र जनताको सेवामा समर्पित रहन उत्प्रेरणा प्रदान गर्ने अभिभावकहरूमा हार्दिक कृतज्ञता व्यक्त
गर्नु भएक छ ।