Sunday, June 29, 2025

नेपाल प्रहरी कार्य दक्षता मूल्याङ्कन (PoliceBaton) २०८१ निरीक्षण सम्पन्न,बुटवल ।

ताजा / भरखरै प्राप्त

पर्सा, २ असोज

“नेपाल प्रहरी कार्य दक्षता मूल्याङ्कन (PoliceBaton) २०८१” को कार्यतालिका बमोजिम मिति २०८१ असोज १ गते केन्द्रीय कार्य दक्षता मूल्याङ्कन समितिका संयोजक एवम् राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज काठमाण्डौका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरी सहितको निरीक्षण टोलीद्वारा निरीक्षण अनुगमन गर्नुभयो ।

सो क्रममा उँहाले अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गर्नुको साथै वृक्षारोपण समेत गर्नुभयो ।

निरीक्षण भ्रमणका क्रममा प्र.अ.म.नि.बाट यस कार्यालयको भवन, प्रशासन, प्रबन्ध, लेखा, सञ्चार, एम. टि., भर्ना छनोट तथा घुम्ती शाखा, तालिम शाखा, पुस्तकालय, ई-लाईबेरी, कवाज मैदान, बाधापार, मेश, क्यान्टीन लगायत ब्यारेकको अवस्था र शाखाको अभिलेख व्यवस्थापन समेतका विषयमा अनुगमन तथा निरिक्षण गर्नु भएको छ ।

कार्यक्रममा भिड नियन्त्रण तालिम ११० औ समुहबाट सिलसिलेबार बलको प्रयोग सम्बन्धी अभ्यासको प्रस्तुति गराईएको थियो ।

कार्यक्रममा यस केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक हिमालय कुमार श्रेष्ठले लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, बुटवलको समग्र वस्तुस्थितिको बारेमा प्रस्तुतीकरण गर्नु भएको थियो ।

प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरी बाट यस केन्द्रमा कार्यरत सम्पुर्ण प्रहरी क्रमचारीहरुलाई तालिम केन्द्र Center for Excellence रहेकाले यहाँ रहने क्रर्मचारी संगठनको उद्देश्य र मर्मअनुरुप तोकिएको निर्देशन बमोजिम कार्यसम्पादन गर्न निर्देशन सम्बोधन गर्नु भएको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles