पर्सा, २ असोज

सिरहाका नेपाल प्रहरीले स्रोत नखुलेको अवैध रकमसहित तीन जनालाई पक्राउ गरेका छन् ।
सिरहा प्रहरीले गत शुक्रबार नै उनीहरूलाई अवैध रकमसहित पक्राउ गरेको हो ।
नेपाल प्रहरीका अनुसार, पक्राउ पर्नेमा सप्तरीको राजविराज नगरपालिका-१० का ५७ वर्षीय मजित मियाँ,
सोही ठाउँ बस्ने वर्ष २८ का मोहम्मद अलाहउद्दिन र
२३ वर्षीय अजय चौधरी रहेका छन् ।
सखुवानन्कारकट्टी गाउँपालिका-५ बाट पक्राउ परेका उनीहरूको साथबाट स्रोत नखुलेको १४ लाख १९ हजार ८ सय ९० नेपाली र ४ सय भारतीय रुपैयाँ बरामद भएको सिरहा प्रहरीले
जनाएका छन् ।