पर्सा, ३ असोज

सिरहाबाट स्रोत नखुलेको १६ लाख रुपैयाँसहित नेपाल प्रहरीले एकजनालाई पक्राउ
गरेका छन् ।
पक्राउ पर्नेमा सिरहा जिल्लाका बरियारपट्टी गाउँपालिका २ खोक्सिटोलका ४८ वर्षीय ललित दास रहेका छन् ।
भारतबाट नेपाल तर्फ आउदै गरेको मोटरसाइकल
स. १० प. ९८५३ नम्बरको मोटरसाइकलमा आइरहेका दासलाई गोप्य सूचनाको आधारमा प्रहरी चौकी कचनारीबाट खटेको टोलीले
चेकजाँच गर्दाको
क्रमरमा गम्छाले बाँधेर लुकाएको स्रोत नखुलेको १६ लाख रकम बरामद भएको हो ।
एकहजारका एक हजार थान अर्थात् १० लाख,
पाँच सय दरका नोट १२ सयको ६ लाख
गरी जम्मा १६ लाख नेपाली नोट रहेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी मुक्ति नाथ सापकोटाले
जनाकारी दिएको छन् ।