Tuesday, July 1, 2025

एक करोड बढीको अवैध कपडासहित दुई जना पक्राउ ।

ताजा / भरखरै प्राप्त

पर्सा, ३ असोज

हेटौंडाबाट भन्सार छली ल्याएको एक करोड बढी मुल्यको अवैध लत्ताकपडासहित भारतीय नागरिक पक्राउ परेका छन् ।मकवानपुर प्रहरीले बुधवार रातोमाटेबाट अवैध कपडा नियन्त्रणमा लिएको हो ।

पूर्व–पश्चिम राजमार्ग हुँदै सुनसरीबाट हेटौंडादेखि काठमाडौंसम्म लैजान खोजिएको अवैध लत्ताकपडा बरामद गरी दुई जनालाई नियन्त्रणमा लिइएको मकवानपुर प्रहरीले जनाएको छ ।

डब्लूबी ४९ एन २१७८ नम्बरको भारतीय ट्रकमा ल्याइएको कपडा एक करोड ३५ लाख रुपैयाँ मुल्य बराबरको रहेको छ ।

प्रहरीले ट्रक चालक भारतको बिहार प्रदेशको मोतिहारी जिल्ला पुर्वी चम्पारण सपही बस्ने ३० वर्षीय जन्दार आलम र सहचालक बिहार, पुर्वी चम्पारण चौलाहा कलोनी बस्ने १९ वर्षीय मुना मियालाई पक्राउ गरेको छ।ट्रकभित्र प्रहरीले झुक्याउन आलुको बोरा राखिएको थियो ।

ट्रकमा ३ सय ४५ बोरा आलुको भन्सार बिल बनाएर प्रतिबोरा ५० किलोको दरले २ सय ६४ बोरा आलु राखिएको प्रहरीले जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles