पर्सा, ३ असोज

दोश्रो समुह पहिलो समुह बाट पिडीत छ,
नेपालमा
बसन्त कुंवंर
कमाइ गर्ने रहर भएन भने त्यो देस ढुंगे युग तिरै फर्कन्छ कीनकी कमाइ गर्ने रहरले नै उध्योग धन्दा ब्यबसाए को जन्म हुन्छ र त्यहि उध्योग धन्दा ब्यबसाए बाटै रोजगार र राज्य लाइ
कर प्राप्त हुन्छ ।
अर्थत जुन देसमा जनताको बडी भन्दा बडी कमाइ गर्ने रहर हुन्छ तिन्ले काम गरेर कमाइ गर्न
जानेका छन् ।
साथै तिन्लाइ कमाइ गर्ने सरकारले बाताबरण बनाइ दिएको छ ,
त्यही देस आर्थिक रुपले संपन्न हुन्छ ।
ब्यक्तीको हातमा रकम दुइ प्रकारले आउछ पहिलो काम गरेर अर्थात उस्ले आफ्नो रीस्कमा ऋण लिन्छ , घर बन्दकी राख्छ, उध्योग ब्यबसाए खोल्छ आफुले तलब भत्ता नलिइ समए दिएर त्यॉहा खटीन्छ, राज्य लाइ कर तिर्छ र उपभोक्ता हरु लाइ खुसि पारेर सेवा दिएर कमाइ गर्दछ ।
यो समुह जत्ती सफल भयो , राज्य त्यती धनि हुन्छ ।
यस्को बेसिक क्यारेक्टर हो यस समुहले सरकारको तलब खाएर गाडी चढेर र भत्ता लिएर काम गर्दैन बल्की आफ्नो जाए जेथा बैकमा राखेर वा आफै रीस्क लिएर वा आफै खटीएर काम गर्दछ ।
यो समुह उध्योग ब्यबसाए गर्ने हरु हुन् ।
दोश्रो समुह सरकारको तलब भत्ता सुबिधा लिएर काम गर्छन्
जस्लाइ सरकारले पहिलो समुहले तिरेको वा जनताले तिरेको कर बाट पाल्नु पर्दछ ।
यो समुह पैत्रीक संपत्ती बेच बिखन वा उपयोग गर्ने बाहेक तलब भत्ताको भरमा ज्यादै धनि हुनै सक्तैनन् र यदी धनि भएको छन् भने त्यॉहा कमिसन, घुस, वा पदको दुरुपयोग हुन सक्तछ ।
जब पहिलो समुह भन्दो दोश्रो समुह धनि हुन्छ अर्थात सरकारले तलब भत्ता सुबिधा लुगा दिएर काममा लगाएका समुह उध्योग ब्यबसाए गरेर खाने भन्दा बडी वा बराबर धनि हुन्छन् तब बुझे हुन्छ त्यो मुलुक खतम छ ।
त्यॉहा बिकास को कुनै संभाबनानै छैन।
त्यो मुलुकमा कतै सुसासन हुनै सक्तैन ।
ती चाहे प्रधान मंन्त्री र राष्ट्रपती हुन् वा साधारण पिएन , सबै लाइ सरकारले दिएको भन्दा पदको सदुपयोग वा दुरुपयोग गरेर पैसा बटुल्नै पर्छ किनकी यस्तो देसमा पद प्राप्त गर्न पनि पैसा चाहीन्छ ।
अमेरीकामा मात्र होइन भारतमा पनि उध्योग ब्यबसायी र आफ्नो घरको संपत्ती लगाइ वा बैडं बाट आफुले रीस्क लिएर उध्योग ब्यबसाए गर्ने हरुलाइ सरकारले धेरै दुख दिएको पाइदैन तर नेपालमा कर्मचारी पाल्ने आबस्यक रकम बटुल्न समेत गरी खाने उध्योग ब्यबसाइ हरुलाइ चाहिने भन्दा बडी दुख दिइएको छ ।
जनतालाइ केहि अघी सम्म ट्राफिक प्रहरीले समेत संधै चिट काटेर फाइन गर्ने पनि यसै संग जोडिएको हुन सक्छ ।
सरकारको तलब भत्ता लिएर काम गर्ने र सरकारको तलब भत्ता नलिइ आफ्नो संपत्ती लगाएर आफै समए दिइ काम गर्ने दुइ समुह बिल्कुलै अलग अलग हुन् ।
पहिलो समुह जब सम्म ठिक हुन्न तब सम्म देश्रो समुहले काम गर्ने बाताबरणनै पाउदैन ।
तर पहिलो समुह लाइ कसरी ठिक गर्ने उस्को पद र पोजिसननै पैसा बाटै प्राप्त भएको छ भने ।?
यदी पैसा कमाउनै उ त्यॉहा गएको छ भने ?
उस्ले सुसासन केबल जनता लाइ भ्रममा पार्न र आफुले बाहीर काम गरेझै देखाउन मात्र बोलेको छ भने ?
यस्तो होइनकी त्यस देसमा सबै सरकारका मेसीनरी र कर्मचारी हरु पदको दुरुपयोग बाट पैसा कमाउनैका लागी त्यो पदमा आएका हुन्छन्
वा गएका हुन्छन् ?
यो होइन तर त्यो सीस्टममा यस्ता कर्मचारी माथि पुग्न र पुगे पनि अड्नै सक्तैनन्।
त्यो दलदलमा उनि हरु बाहीर रहनै सक्तैनन् ।
उनि हरुले या त आफ्नै लागी या अरुका लागी भए पनि त्यो दलदलमा प्रबेस गर्नै पर्छ ।
धेरै अबिकसीत देस हरुमा पहिलो समुह लाइ दोश्रो समुह ले खतमै पारेका छन्
र मुलुक गृह युद्ध तर्फ धकेलिएको छ ।
त्यॉहॉ मुद्रा स्मिथी अकल्पनिए रुपमा बडेको छ ।
पहिलो समुह दोश्रो समु बाट पिडीत हुंदै छ
नेपालमा पनि ।
यो मुलुकका लागी असल सुचक होइन ।
साभार ।