पर्सा, ३ असोज
नेपाल सरकारले चार जना सचिवको सरुवा
गरेको छ ।
मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले वन मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्मालाई कृषि मन्त्रालयमा सरुवा गरेको छ ।
कृषिमा रहेका दीपककुमार खनाललाई भने वन मन्त्रालयमा
लगिएको छ ।
यस्तै उर्जा सचिव गोपाल सिग्देललाई जल तथा उर्जा आयोगको सचिवालयमा सरुवा गरिएको छ ।
त्यहाँ रहेका सुरेश आचार्यलाई भने उर्जा मन्त्रालयमा
लगिएको छ ।
बैठकले निमित्त सचिव कमल पोखरेललाई सचिवमा बढुवा
गरेको छ ।