पर्सा, ३ असोज

प्रधान सेनापति अशोकराज सिग्देल र नेपालका लागि श्रीलंकाका राजदूत सुदर्शना पाथिरानाबीच शिष्टाचार भेटघाट भएको छ ।
उनीहरुबीच प्रधान सेनापतिको कार्यकक्षमा भेटघाट भएको हो ।
भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको
बताइएको छ ।
यस किसिमको
भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ
बनाउन मद्दत पुग्ने
नेपाली सेनाको
विश्वास छ ।