पर्सा, ४ असोज

उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका प्रस्थान गरेपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सहरी विकासमन्त्री सिंहले पाएका हुन् ।
मन्त्रिपरिषदमा सिंह दोस्रो वरीयतामा भएकोले राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीमा सिंहलाई तोकेका छन् ।
प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागी हुन शुक्रबार अमेरिका प्रस्थान गरेका छन् ।
प्रधानमन्त्री ओली असोज १४ गते स्वदेश नेपाल फर्कने कार्यक्रम
रहेको छ ।