
प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले ठूलो परिमाणको लागूऔषध ट्रामाडोल कारोबारमा संलग्न ६ जनालाई पक्राउ गरेको छ ।
ब्यूरोले १ लाख ८० हजार ८ सय ४३० क्याप्सुल नियन्त्रित औषध ट्रामाडोलसहित कारोबारमा संलग्न ६ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा उदयपुरको गाईघाट नगरपालिका-५ घर भई हाल गोकर्णेश्वर नगरपालिका-७ माकलवारी बस्ने बर्ष ३० का श्रीबहादुर राई, सर्लाहीको हरिपुर नगरपालिका-१ बस्ने बर्ष २२ का विपिनकुमार महतो र पर्वतको महाशिला गाँउपालिका-५ लुंखु घर भई हाल काठमाडौंको मित्रनगर बस्ने बर्ष २७ का बालकृष्ण अधिकारी रहेका छन् ।
त्यस्तै, झापाको अर्जुनधारा नगरपालिका-१ घर भई हाल टोखा नगरपालिका-९ गोंगबु बस्ने बर्ष ३२ की सम्झना रोक्का,
बारा परवानीपुर गाँउपालिका-३ बस्ने बर्ष ३४ का प्रदिप सर्राफ र
काठमाडौं महानगरपालिका-१५ डल्लु घर भएका बर्ष ५१ का मनमोहन श्रेष्ठलाई
ब्यूरोको टोलीले पक्राउ गरेको
ब्यूरोले जनाएको छ ।