संविधानको विरोध गरेको आरोपमा काठमाडौँको माइतीघरबाट पक्राउ परेका एकजनालाई प्रहरीले राज्यविरुद्धको कसुरमा मुद्दा चलाएका छन् ।
असोज ३ गते पक्राउ परेका पर्वतको पैयू गाउँपालिका–३ घर भएका ६० वर्षीय टिकाराम भुषाललाई राज्यविरुद्धको कसुरमा म्याद लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताएका छन् ।
भुषाललाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँ बाट ५ दिनको म्याद लिएको प्रहरीले बताएको छ ।
उनीमाथि प्रहरी वृत सिंहदरबारले अनुसन्धान गरिरहेको छ ।