Monday, April 21, 2025

बिलमा एउटा नाम गाडीमा अर्कै वस्तु करोडको सामान पर्सा प्रहरीले पक्राउ गर्‍यो ।

ताजा / भरखरै प्राप्त

जिल्ला प्रहरी कार्यालय पर्साले बिलबिजक भन्दा बढी सामान लोड गरेको ट्रक नियन्त्रणमा
लिएको छ ।

वीरगंज महानगरपालिका १९ स्थित सर्सिया चोकमा रोकी राखेको ना ५ ख १६७ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएर चेक गर्दा बिलबिजक भन्दा बढीको सामान पाइएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी दीपक भारतीले जानकारी दिएका छन् ।

हार्डवेयरको सामान लोड गरेको ट्रक काठमाडौं ल्याउन लागिएको थियो।
प्रहरीका अनुसार ट्रकमा १ करोड ४२ लाख १ हजार ७९२ रुपैयाँ बराबरको सामान लोड गरिएको
थियो ।

सामान र ट्रक थप अनुसन्धानको लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles