अमेरिकन डलर देखाई नेपाली नगद साट्दा फाइदा हुन्छ भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सर्लाही घर भई भक्तपुर बस्ने ३० वर्षीय साजन भन्ने लालबहादुर घिसिङ,
सिन्धुपाल्चोक घर भई भक्तपुर बस्ने २० वर्षीय सुनबहादुर तामाङ र
२९ वर्षीय भीमबहादुर तामाङ रहेका छन् ।
उनीहरूले चाँगुनारायण घर भएका नीरज थापालाई प्रलोभनमा पारेर ४० लाख रुपैयाँ ठगी गरी फरार भएका थिए ।
उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय पीआरसीबी भक्तपुरको संयुक्त प्रहरी टोलीले असोज ४ गते जडीबुटीबाट पक्राउ गरेको नेपाल प्रहरी
उपरीक्षक अङ्गुर जिसीले जानकारी दिएका छन् ।